सोमबार, असोज १५, २०८०

कुलमान विरुद्धको रिट प्रधानन्यायाधीशको एकल इजलासमा सुनुवाई हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ भदौ २० गते ११:१५

काठमाडौं। नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेको भन्दै शाक्यले रिट दायर गरेका थिए ।

तपाइँको प्रतिक्रिया