अहिलेको सरकार गरिबमारा सरकार हो- अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एमाले बृहत कार्यक्रको भेलालाई सम्बोधन गर्दै अहिलेको सरकार विचार आदर्श नमिल्ने र खानका लागि भएको उद्घोष गर्नु भयो।
पार्टी भित्र आन्तरिक मतभेद नराखेर स्वार्थ देखाएको भन्दै माधव कुमार नेपालसँग लक्षित हुँदै खान नपाएको सामन्ती राजाको पाउमा दाम चढाएको र कहिले पत्रमञ्जुसामा प्रधानमन्त्री बन्न पाउँ भन्दै पत्र लेखेको आरोप लगाउनु भयो।
ओलीले एमाले वैत्रानिक आर्दशवादी र समाजवादी दर्शन सहितको ठिक ढंगले अघि बढेको बताउनु भयो। उहाँले समृद्धि नेपाल र सम्पूर्ण नेपालीलाई सुखी बनाउन लागि परेको बताउनु भयो। उहाँले दुइ वर्ष अघि अन्तरिक्षमा सेटेलाइट पठाएको भन्दै आफ्नो कार्यकालको
विकास हुने डरले आफूले उद्घाटन गरेका सरकारका योजना खारेज गरिएको आरोप लगाउनु भयो।
अहिलेको सरकारले भूमी आयोग खारेज गरेको भन्दै गरिब मारा सरकार भएको आक्रोश व्यक्त गर्नु भयो। उहाँले चीनसँग सीमा विवाद नभएको र कसलाई खुसी गर्न सीमा विवादको समिति बनायो भन्दै प्रश्न गर्नु भयो। कांग्रेस र माओवादीले संसदबाट एमसीसी पासबारे शेर बहादुर देउवा र प्रचण्डले के गर्ने भन्न्ने बारे बोल्नु पर्दैन भन्दै प्रश्न गर्नु भयो । उहाँले अहिलेको सरकारले एमसीसी संसदबाट नभई सुटुक्क पास गर्न लागेको आरोप लगाउनु भयो ।