महेश बस्नेतलाई देउवाको चुनौती, दूर्लभ थापालाई हराएर मात्रै मसँग लड्न आउनुहोला
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोभिड १९ का बाबजुद पनि महाधिवेशन गर्नु पर्ने संवैधानिक बाध्यताका भएको बताउनु भएको छ । आज भक्तपुरको सूर्य बिनायक नगरपालिका ५ मा कांग्रेसको वडा अधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेर बहादुर देउवाले संवैधानिक बाध्यता अनुरुप नै १८ गतेबाट महाधिवेशन गर्नु परेको बताउनु भएको हो ।
उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै उत्साहका साथ निर्वाचनमा भाग लिन आग्रह गर्नु भयो । उहाँले आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनाउन समेत कार्यकर्तालाई निर्देशन दिनु भएको छ। उहाँले नेतृत्व सर्वंसम्मत बनाउन समेत आग्रह गर्नु भयो ।
उहाँले एमाले नेता महेश बस्नेतलाई दूर्लभ थापासँग हराएर देखाउन चुनौती दिनु भएको छ । बस्नेत जी आगामी आगामी चुनावमा पहिले कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापालाई हराए देखाउनुहोस् । त्यस पछि मसँग लड्न आउनु होला उहाँले भन्नु भयो ।