मंगलबार, असोज १६, २०८०

पर्वतमा पहिरोले पुरिएर ६ जनाको मृत्यु,२ जना वेपत्ता

फ्ल्यासन्युज नेपाल२०७८ भदौ १८ गते १०:४३

काठमाडौं। अविरल वर्षासगै आएको पहिरोका कारण पर्वतमा ६ जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन् । शुक्रबार बिहान पर्वतका विभिन्न ठाउँमा खसेका पहिरोमा परि ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुस्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, दुई छोरी १६ वर्षकी विमला र ११ वर्षकी विनीता पौडेलको मृत्यु भएको छ । माधवकी पत्नी ३५ वर्षकी भगवती पौडेल र छोरा ९ वर्षका विनोद पौडेल बेपत्ता भएको प्रदेश प्रहरीका डीएसपी मीनबहादुर घलेले बताए ।

यसै गरी कुस्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएका ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेलको मृत्यु भएको छ । डीएसपी घलेका अनुसार पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया