मंगलबार, असोज १६, २०८०

कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पूरा

फ्ल्यासन्युज नेपाल२०७८ भदौ १८ गते ९:२१

कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पूरा काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ ।

हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ । ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा आज एकसाथ वडा अधिवेनश हुनेछ । तर क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न बाँकी २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने प्रश्न उठेको छ ।

यही विवादले आसन्न १४ औं महाधिवेशन अनिश्चित बन्ने त होइन भन्ने त्रास कांग्रेसजनमा रहेको छ । २१ जिल्लाको क्रियाशील सूची नपाउँदा कांग्रेसको निर्वाचन समिति अन्योलमा छ । महादेव यादवको संयोजकत्वमा रहेको समितिले चार चरणमा गरेर ५६ जिल्लाका लागि निर्वाचन अधिकृत तोकेको छ । तोकिएका अधिकृतहरू जिल्ला पुगेर आज हुने वडा अधिवेशनमा खटिएका छन् ।

तपाइँको प्रतिक्रिया