अमेरिकामा आइडा नामक आँधीमा परि तीन नेपालीको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ भदौ १८ गते ८:००
न्यूयोर्क । न्यूयोर्कमा आएको आइडा नामक आँधी र भिषण बर्षाको कारण ३ जना नेपालीको दुखद निधन भएको छ । अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको छ ।
सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका, हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामा सपरिवारको न्युयोर्कमा आएको मुसलधारे वर्षा र बाढीले सपरिवारको असामयिक निधन भएको छ ।
यस समाचारले सम्पूर्ण नेपाली समुदायलाई मर्माहत तुल्याएको छ ।