मंगलबार, असोज १६, २०८०

दाङमा खोलाको भेलले कार बगाउदा चार जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ भदौ १७ गते १३:०१

दाङको सिस्नेखोलाले कार बगाउदा चार जनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन । गएराति घोराहीको गोग्लीबाट घोराही बजार तर्फ आउदै गरेको प्रदेश ३ –०१–०२४ च ४४४० नम्वरको गाडी सिस्नेखोलाले गएराति बगाउदा कारमा रहेका चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही १३ बस्ने ४० बर्षिया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ बर्षिया सुसिला श्रेष्ठ, घोराही १४ कि ३१ बर्षिया राधा श्रेष्ठ कुँवर र सोहि स्थानका ४२ बर्षीया बिमला केसी रहेका छन । दुर्घटनामा घाइते चालक घोराही १३ का ४३ बर्षीय नरबहादुर पुनको दाङको घोराहीमा उपचार भैरहेको छ ।

उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ । नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलले उनीहरुलाई बगाएको हो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको दाङ प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया