गगन थापाले गरे महामन्त्रीमा उम्मेद्वारी घोषणा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशन नजिदै गर्दा कांग्रेस नेताहरुले आफ्नो आकांक्षी पदका लागि उम्मेद्वारी घोषणा गर्न थालेका छन् ।
आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ४ का सांसद एवम् युवा नेता गगन थापाले महामन्त्रीका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।
सांसद थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० को वडा भेलालाई सम्बोधन गर्दै १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।
उनले भेलालाई सम्बोधन गर्दै भनेका छन, आज हामी महाधिवेशनको प्रारम्भमा छौं। यस अघिको महाधिवेशनमा महामन्त्रीका लागि प्रतिस्पर्धा गरे। यो महाधिवशनमा धेरै अनुमानहरु भए। उम्मेद्वारी यो भन्दा पवित्र स्थान हुँदैन।
सांसद थापाले वडाका सम्पूर्ण वडाका अग्रजका अघाडि उम्मेद्वारी घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे। यस अघि १४ औं महाधिवेशनमा थापाले अर्जुन नरसिंह केसीसँग प्रतिस्पर्धा गरे पनि शंशाक कोइरालाले महामन्त्रीमा विजयी हासिल गरेका थिए ।
यस अघि कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेद्वारी घोषणा गर्दै काठमाडौंको थापाथलीमा महाधिवेशन सम्मका लाागि ब्याक्वेट भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरिसकेका छन् ।