आलमको सुनुवाई आज पनि हुन सकेन
फ्ल्यासन्युज नेपाल२०७८ भदौ ११ गते १३:३४
काठमाडौं। कर्तव्य ज्यानको अभियोग लागेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्धा माथि आज –शुक्रबार पन िसुनुवाई हुन सकेन ।
रौतहडको इटा भट्टामा जिउँदै मानिसलाई जलाएर मारेको अभियोग लागेका आलमको विपक्षीका कानून व्यवसायिकहरुको अनुरोधमा आजको सुनुवाई स्थगित गरिएको हो । पटक पटक पेशी तोकेर स्थगित हुँदै आएको उक्त मुद्धा जिल्ला अदालत र उच्च अदालतले पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । रौतहटबाट प्रतिनिधि सभामा निर्वाचित समेत भएका आलम २०७६ असोज २६ मा पक्राउ पर्नु भएको थियो । प्रधानमन्त्री शेर बहादुर देउवा सरकारमा आउनु पूर्व आलमको निर्वाचन क्षेत्रमा पुगेर उहाँको रिहाईको माग गुर्न भएको थियो ।