मंगलबार, असोज १६, २०८०

रहेनन जनवादी गायक जेबी टुहुरे

फ्ल्यासन्युज नेपाल२०७८ भदौ १० गते १५:४०

काठमाडौ ।  जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो।

उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।

उहाँका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।

पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले ुआमा दिदी बहिनीु, ुरातको अनिँदोु, ुबसाइँ हिँड्नेको ताँतीलेु, ुछोराहरू होु, जुनीभरि मुटुु लगायतका दर्जनौँ गीत गाउनुभएको छ ।

तपाइँको प्रतिक्रिया