शनिबार, असोज १३, २०८०

अनुकुल समय आए जिम्मेवार हस्तान्तरण गर्छु- ओली

फ्ल्यासन्युज नेपाल२०७८ भदौ ९ गते १३:२६

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनुकुल समय आए जिम्मेवार हस्तान्तरण गर्ने बताउनु भएको छ । उहाँले आफू आगामी केन्द्रीय महाधिवेशन सम्म् मात्र अध्यक्ष रहेको बताउँदै त्यसपछि पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउनु भएको हो।

आज (मंगलबार) १० बुँदे सहमती कार्यान्वयनका सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष ओलीले अर्काे व्यवस्था नभएसम्मका लाागि र अहिले पार्टीमा कसैले चुनौती नदिएकाले अध्यक्ष रहेको बताउनु भयो । महाधिवेशन सम्म कसैले चुनौती दिएको पनि छैन र दिनु पर्ने अवस्था पनि छैन भन्दै उहाँले महाधिवेशन पछि जिम्मेवार हस्तान्तरण गर्ने बताउनु भएको हो । एमाले अध्यक्ष भएको नाताले पाटीपर्् विभाजन रोक्न नसेकेको भन्दै त्यसमा दुखी भएको बताउनु भयो ।

सरकारले चालु अधिवेशन हठास अन्त्य गर्दै प्रतिपक्ष दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर अनैतिक कार्य गरेको बताउनु भयो । ओलीले सदले काम नगरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो । पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे भनेर उहाँले प्रश्न गर्नुभयो । उहाँले जनादेशबाट नभइ परमादेशबाट सरकार बनाउने , शक्ति सन्तुलनको सिद्धान्त खल्बल्याउने र नागरिकले मूल्यांकन गर्न नपाउने अवस्था बन्दै गएको आरोप पनि लगाउनुभयो ।

पत्रकार सम्मेलनमा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफ्ती रिसोर्टमा लगेर राखेको भन्दै यसलाई ‘अपहरणकारी ज्यादतीपूर्ण’ कामको संज्ञा दिनुभयो । ‘बैठक कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो रु’ भन्ने प्रश्न गर्दै उहाँले नेताहरुलाई घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको दाबी पनि गर्नुभयो ।

तपाइँको प्रतिक्रिया