मंगलबार, असोज ९, २०८०

कार्बाही गरेका १४ जना सांसदलाई तत्काल पदमुक्त गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

फ्ल्यासन्युज नेपाल२०७८ भदौ ३ गते १३:३५

एमालेले कार्बाही गरेका १४ सांसदलाई तत्काल पदमुक्त गर्न सभामु्खलाई एमाले सांसदहरुले दबाब दिएका छन् ।
आज सभामुख अग्नी प्रसाद सापकोटाको कार्यकक्षमै पुगेर एमाले एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराई,सचेत शान्ता चौधरी सहितका एमाले सांसदहरु गएर तत्काल पदमुक्त गर्न दबाब दिनु भएको हो ।

एमाले पार्टीको ह्पि उलंघन गरेको भन्दै माधव कुमार नेपााल, रामकुमारी झाँक्री सहितका १४ जनालाई पद मुक्त गर्न सिफासिर गर्दै संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । तर सभामुख अग्नी प्रसाद सापकोटाले त्यसलाई ढिलो गर्न खोजेको भन्दै एमालेका सांसदहरु आज सभामुख सापकोटालाई दबाब दिन जानु भएको हो ।
सभामुख सापकोटालाई ध्यानाकर्षण गराएपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रमुख सचेतक यस अघि तत्काल कार्बाही गरिने गरेकाले चलखेल गर्न सक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएको बताउनु भएको छ ।

एमालेको ध्यानाकर्षाण पछि सभामुख सापकोटाले आफूले उक्त पत्र अध्ययन गरिहेको बताउनु भएको थियो ।

तपाइँको प्रतिक्रिया