शनिबार, असोज १३, २०८०

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

फ्ल्यासन्युज नेपाल२०७८ साउन ३० गते १४:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुस ११,१२ र १३ गते का लागि प्रस्ताव गरेका छन् ।

शनिबार माओवादी केन्द्रको बैठकमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव अघि सारेका हुन् ।
भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका एजेन्डाबारे जानकारी दिँदै सम्मेलन पुसमा गर्ने प्रस्ताव अध्यक्षले ल्याएको बताए।

उनका अनुसार बैठकले पहिले कार्यसूची पारित गरेको छ। सुरूमा राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने, राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएका छन्।
बैठकमा अध्यक्ष प्रचण्डले जातीयरक्षेत्रीय मोर्चाहरूलाई पुँजीवादी जनवादी क्रान्तिका साधनहरूको रुपमा चित्रित गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा जातीयरक्षेत्रीय मोर्चाको कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरिएको हो । प्रस्तावमा असोज मसान्तसम्म जातीयरक्षेत्रीय संगठनका सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया