शनिबार, असोज १३, २०८०

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

फ्ल्यासन्युज नेपाल२०७८ साउन २९ गते १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक हुने भएको हो। कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने छ । गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो ।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ढिलो सार्वजनिक हुन लागेको हो ।

तपाइँको प्रतिक्रिया