शनिबार, असोज १३, २०८०

पर्यटकको पर्खाईमा बाजुराको बेताल छडी झरना

फ्ल्यासन्युज नेपाल२०७८ साउन २९ गते १०:४१

बाजुरा । बाजुराका जिल्ला पर्यटकीय दृष्टिकोणले पनि निकै सम्भावना बोेकेको जिल्ला हो । बडिमालिका, खप्तड,बुढिनन्दा,छेडेदह,बार्जुकोट, मौरेधाम,नाटेश्वरी,बढालेक मात्र नभई थुप्रै क्षेत्रहरुको पहिचान हुन सकिरहेको छैन

भौगोलिक भूबनोटका कारण दुर्गम मानिएता पनि बाजुरा जिल्लामा सञ्चार शिक्षा र प्रचार प्रसारका कारण थुप्रै क्षेत्रहरुको पहिचान हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । त्यहि मध्येको एक हो बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ८र १० बिचमा पर्ने बेताल छडि झरना ।

साँफे मार्तडी सडक खण्डको करिब २० मात्रै मिनेट पैदल यात्रा रहेको उक्त झरना संरक्षण र प्रसार प्रसार अभावमा ओझेलमा पर्दै आएको बुढिगंगा नगरपालिका वडा नम्बर ८ का स्थानीय कृष्ण थापाले बताए । यसको प्रसारप्रसार हुन सके झरना धार्मिक दृष्टिकोणले समेत अगाडि बढाउन सकिने सम्भावना रहेको छ ।

परापूर्वक कालमा बेताल देवताले यो झरनाबाट लडाकु घोडा माथि चढाएको बिश्वास गरिन्छ । झरनाको बीच चट्टानमा अहिले समेत घोडाका खुट्टाको खुरुका छापहरु समेत रहेका छन् । कडा चट्टानबाट झरेको झरना करिब १०० देखि १५० मिटरसम्म यसको उचाइ रहेको हुन सक्ने अनुमान स्थानीयहरुको छ । पर्यटकको लागि सुरक्षित बाटो र यसको प्रसार प्रसार हुन सके निकट भबिष्यमै यस क्षेत्रकै पर्यटकीय स्थानका रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ । जेठ देखि भदौ सम्म यो झरना झन् मनमोहक हुने गर्दछ ।

तपाइँको प्रतिक्रिया