सोमबार, असोज १५, २०८०

कुलमान आउॅंदा देशै उज्यालो !

फ्ल्यासन्युज नेपाल२०७८ साउन २८ गते १०:५८

नेपालीहरूलाई खुशी हुन केही ठुलो कुरा चाहिन्न।हामी स-साना कुरामा पनि सजिलै खुशी भईदिन सक्छौं।तेही भयो कुलमान घिसिङको पुन:दोस्रो पटक “नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशकमा” नियुक्ती।

हुन त उॅंहाले नियम अनुसार नै चार बर्षे कार्यकाल सकाएर ११ महिना अगाडी भदौ २०७७ मा विदा हुनु भएको थियो।त्यहीबेला पनि उॅंहालाई नहटाईयोस् वा पुन: नियुक्ती दिईयोस् भनेर सबै नेपाली जनताले चाहेका हुन तर खै त्योबेलाकोसरकारले विदा दिई छोड्यो।

अहिले उॅंहा ११ महिनापछि आउॅंदा सबै नेपाली खुशी छन्।न हुनु पनि कसरी, बर्षौंदेखि दिनको अठार घन्टा लोडसेडिङहुन्थ्यो। जुन उनले हटाईदिएका थिए।

ओहो के के मात्र आपत हुन्न थियो बत्ती जांदा,राईसकुकरमा भात बसाल्यो।आधा पाक्न लाग्दा बत्ती जाने।अधकल्चो भात प्रेशरकुकरमा पकायो।गिलो भएर खाई नसक्नुको हुने। उता फेरी पानी छैन।दुईओटा भांडा माझ्नु पर्ने झन्झट।

अनि लगातार चाहिने बिजुलीको बिकल्प घरघरमा इन्भर्टर जडान गरे नेपालीले।त्यो पनि समस्या,कमसल इन्भर्टर बिग्रनेबेलाबेलामा तेस्तै र महंगो पनि सबैले राख्न नसकिने। धेरै जस्तो त मैन बत्तीको उज्यालोमा “क्यान्डल लाईट डिनर”।

अझ एक समय त जनयुद्ध थियो।आतंक यति की अंध्यारोमा मार्लान जो कोहीलाई भन्ने पिर।केटाकेटीले बेलुका पढ्नैनपाउने बत्ती नहुंदा,फ्रिज,टि.भी हुनु र नहुनुमा केही फरक थिएन।हो तेस्तो अवस्थामा गुज्रेको देशमा कुलमान “उज्यालो” भएर आईदिंदा नेपालीले जयजयकार नगरून त।
एक पटक त बाटोमा हिंडिरहेको थिंए। बत्ती गएर भर्खर आएको थियो क्यार, कुनै घरबाट “ कुलमान आयो” भनेकोसम्मसुने। नेपालीले अनुहारले “कुलमान घिसिङ” नचिन्लान तर नामले त सबैले चिन्छन्। जसरी बुढाबुढीहरूले हामीलाई “ वृद्धभत्ता” दिलाईदिने एकजना हामी जस्तै वृद्ध प्रधान मन्त्री रहेछन् भनेर स्वर्गीय नेता मनमेहन अधिकारीलाई याद गर्छन्।

पोहोर कुलमान आफ्नो जिम्मेवारीबाट विदा भएर गए। तेसपछि फेरी बेला न कुबेला पहिलेकै जस्तो बत्ती जान थाल्यो।बत्ती के, कति कारणले गयो नेपालीलाई मतलव भएन। कुलमान हुंदा २४ सै घण्टा आउने बत्ती जान हुन्न थियो, तेती हो। झन् कोरोनाको महामारी र लकडाउन भएपछि त सबै घरमा नै बस्ने भए। स्कुल र कतिको अफिसको काम घरबाट गर्नु पर्नेअवस्था आयो। बत्ती त अति आवश्यक देखियो।

अहिले आएर उॅंहालाई पुरानै जिम्मेवारी दिंदा सारा नेपाली खुशी छन्।बिभिन्न ठाउॅंमा दिपावली गरे।नेपालीको चाहानाउॅंहाबाट “पहिले जस्तै २४ सै घण्टा बत्ती दिनुस् ” अंध्यारोमा फेरी बस्नु नपरोस् भन्ने हो।

नेपाल सरकारको यो निर्णय स्वागतयोग्य छ।यसरी नै अरू अस्तव्यस्त रहेका कार्यालयमा पनि उॅंहा जस्तै योग्यराष्ट्रसेवक सेवा- निवृत वा अर्को कार्यालयमा रहेका कर्मचारीलाई छनोट गरेर जिम्मेवारी दिनु जरूरी छ। गर्न चाहे असंम्भवछैन।

अन्त्यमा,दोस्रो पटक नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएकोमा कुलमान घिसिङ ज्युलाईबधाई!यो कार्यकाल पहिलेभन्दा झन राम्रो होस्, यही नै सबै नेपालीको शुभकामना !

तपाइँको प्रतिक्रिया