लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
फ्ल्यासन्युज नेपाल२०७८ साउन २७ गते १३:०९
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा बुझाउन गएको एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।