४९०४ जना कोरोना संक्रमित थपिए, थप ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७९५, ललितपुरमा २३९, भक्तपुरमा १५२, जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ भने २ हजार ११५ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।