सोमबार, असोज १५, २०८०

नो भ्याक्सीन नो इक्जाम भन्दै विद्यार्थीले गरे प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७८ साउन २६ गते १४:४५

काठमाडौं । कोरोना भाइरस संक्रमण विरुद्धको खोप उपलब्ध गराएर मात्र परीक्षा लिनु पर्नै माग गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परिक्षा केन्द्र परेका बिद्यार्थीहरुले कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा संचालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयम परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । परिक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा कोरोनाको जोखिमको खतरा भएको बिद्यार्थीहरुको भनाई छ ।

 

कोरोनाका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परिक्षा स्थगन गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ ।

तपाइँको प्रतिक्रिया