मंगलबार, असोज १६, २०८०

म प्रधानमन्त्री बन्न जन्मिएको हैन, काम गर्दै जाँदा प्रधानमन्त्री भएको हुँ- ओली

फ्ल्यासन्युज नेपाल२०७८ साउन २६ गते १४:०६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न जन्मिएको नभई काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफू पून पनि जनमतका साथ सरकारमा आउने दाबी गरे ।

ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका छन् ।

 

प्रधानमन्त्रीबाट हटेपछि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष एमालेका संसदीय दलका नेता समेत रहेका ‌ओलीले सरकारले केही नगरेको भन्दा पनि आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका हुन् ।

तपाइँको प्रतिक्रिया