अमेरिकाको “ब्रजधाम” पुग्दा
अमेरिका देशै गज्जब ! संसारभरका सबै अटेका छन्।भन्छन् नी “माईन्ड योर बिजनेस” हो तेस्तै छ यॅंहाका मान्छेहरूको बिचार ! तॅं आफ्नो गरेर खा,म आफ्नो गर्छु।कसैको कसैसॅंग मतलव नै हुन्न।अझ धर्म, भाषा, चालचलन, बोलीचालीसबैले कानुनको दायरा भित्र रहेर स्वतन्त्ररूपमा मनाउन पाउॅंछन्।
कलेज पढ्दा एकजना टर्किस साथी थिईन।उनी टर्कीमा मुसलमान महिलाले हिजाब लगाउनु नपर्ने भनेर दुखी थिंए।तरअमेरिकामा त मज्जाले हिजाब लगाएर टाउको छोप्न पाएकोमा खुशी छु भन्थिन।हुन पनि अमेरिकामा आंखा मात्र देखाएर बुर्काले छोपेर स्वतन्त्रसंग हिंडने देखि लिएर कुनै कपडा पनि नलगाई “मेरो शरीरमा मेरो अधिकार” भन्दै हिंडनेसम्मभेटिन्छन्।
रहयो हिन्दु मन्दिरहरू अमेरिकामा कसरी र कस्ले बनाए भन्ने।अमेरिकामा भारतियहरू धेरै अगाडी देखि आएका हुन।कतिका त चार पांच पुस्तासम्म पुगिसके। हो तिनै भारतियहरूले मिलेर अमेरिकाभरि बिभिन्न सानो,ठुलो हिन्दु मन्दिरबनाएका हुन।भारत ठुलो,धेरै र बिभिन्न समुदाय,संस्कार, भाषाभाषी बोल्ने मानिस भएको देश,अमेरिकामा पनि बिभिन्न थरीकै भारतिय भेटिन्छन्।आ-आफ्नो समुदाय मिलेर भारतमा जस्तो किसिमको मन्दिरहरू छन,तेस्तै मन्दिर अमेरिका भरीबनाएकाछन्।
हामी बिभिन्न हिन्दु चाडपर्वमा आफ्नै वरीपरीको कुनै हिन्दु मन्दिर जान्छौं। भगवानको जुनसुकै हिन्दु मन्दिर गएपनि बिनारोकटोक पुजा गर्न पाईन्छ। कहिलेकाहीं नेपालबाट पाहुना आउॅंदा वा घुम्न मन लाग्दा घरबाट ३-४ घन्टा टाढा गाडीमाड्राईभ गरेर अर्को राज्यमा रहेको मन्दिर पनि जान्छौं। मन्दिर जान पाउॅंदा मन सधैं आनन्द हुन्छ। केही हप्ता अगाडीपेन्सेलभ्यानिया राज्यमा रहेको कृष्णको मन्दिर “ब्रजधाम” जाने मौका मिल्यो।
“ब्रज” भारतको उत्तर प्रदेश राज्यको यमुना किनार,मथुरा-बृन्दावन क्षेत्रमा रहेको हिन्दुहरूको लागि एक पवित्र स्थान हो।ब्रजलाई संस्कृतमा गाईबस्तु चराउने ठाउॅं भनिन्छ।धार्मिक ग्रन्थ ऋगवेद,महाभारत,भागवत गीता,कृष्ण लिला ग्रन्थआदीमा श्री कृष्ण भगवानको जन्मथलो र उॅंहाले बाल्यकाल बिताएको यहींका बिभिन्न ठाउॅंहरू उल्लेख गरिएको छ। यहांअहिले पनि बिभिन्न कृष्ण मन्दिरहरू छन्।
कृष्ण भक्तहरूले तिन तिर्थ यात्रा : हरियाणा राज्यको ४८ कोषको कुरूक्षेत्र यात्रा, उत्तर प्रदेश राज्यको, मथुराको ब्रजपरिक्रमा र गुजरात राज्यको द्वारका मन्दिरको द्वारका परिक्रमा गर्न पाएमा पुन्य मिल्छ मान्छन्।
हो तेही भारतको ब्रज क्षेत्रमा रहेको मुख्य मन्दिर जस्तै गरेर अमेरिकाको पेन्सिलभेनिया राज्यको स्कुईकिल हेभन भन्नेठाउॅंमा बिशाल ३०० एकड (१.२ किलो मिटर) मा फैलिएको ठाउॅंमा “ब्रज धाम” बनेको छ। गुगल म्याप मा ब्रज (Vraj) राखेर जताततैबाट सजिलै पुग्न सकिन्छ।
भर्जिनियाबाट त्यहां पुग्न लगभग ३ घन्टा लाग्ने रहेछ।मन्दिरको वेबसाईट हेर्दा बिहानको १२-१२.४५ सम्म मुख्य कृष्णभगवानको मुर्तीको दर्शन पाईने रहेछ। तेसपछि एकैपटक बेलुका ४ बजे पर्दा खोल्ने रहेछन्।अहिले त झन् कोरोनाकोमहामारी सकि नसकेको हुनाले,तेती टाढाको मन्दिर जानु अगाडी फोन नै गरेर के के कार्यक्रम बुझेर मात्र तेता लाग्यौं।
हुन त यो भन्दा अगाडी दुई पटक पुगी सकेकोले मन्दिर कस्तो छ त थाहा थियो।पहिलो पटक सन् २०१४ मा पुग्दा चाहींनिक्कै रमाईलो लागेको थियो।गुगल म्यापले देखाएको बाटो अनुसार नअल्मलिकन जांदै थियौं।
मन्दिर पुग्ने बेलामा जंगलको बाटो रहेछ।जंगलै जंगल छिचोलेर मन्दिर पुग्दा त पर बाटोबाट बिशाल गुलावी रंगको भव्यमन्दिर र मन्दिरको अगाडी पोखरी अनि तेसमा हांसहरू तैरिरहेको देखियो।ओहो,मन नै हर्षले गदगद भयो।त्यो बेलामन्दिरको वरीपरी नंया बिल्डिगं बनिसकेकै थिएन।अझ रमाईलो त मन्दिर बनाउनेहरू भारतबाटै आएका दक्ष्य कारीगढथिए।
यो पटक पुग्दा मुख्य मन्दिर संगै अरू धेरै बिल्डिगंहरू बनिसकेका रहेछन्। अहिले त टाढाबाट आएका तीर्थयात्रीहरू कोहीरातमा बस्न चाहेमा पहिल्यै नै ती नॅंया बिल्डिगंमा बुकिगं गरेर बस्न पनि मिल्ने रहेछ। गाडी पार्किगं गरेर हिंड्दै मन्दिर गयौं।पार्किगं लटको छेउको अलिक अग्लो जमीनको दुबोमा अंग्रेजीमा “ जय श्री कृ्ष्ण “ लेखेको रहेछ।
मुख्य मन्दिर बाहिरबाट ठ्याक्कै भारतको गुजरात,मथुरा,राजस्थान तिर देखिने मन्दिर जस्तै शैलीमा बनेको छ।मन्दिर पुरैगुलावी रंगको छ।झ्याल ढोका कलात्मक छन्।अगाडी पट्टी त बीचमा गाढा गुलावी रंगमा खण्डखण्ड परेको डिजाईन रतेसको दुवै तर्फबाट तल झर्ने कलात्मक घुमाउरो भर्र्यांग छ।पछाडीबाट हेर्दा पनि कलात्मक झ्याल देखिन्छ।हेर्दै,आहा तेती टाढााट यती राम्रो मन्दिर आएर राम्रो गरिएछ भान हुन्छ।
मन्दिर पछाडीको तल्लो तलाको ढोकाबाट भित्र जानुपर्ने रहेछ।भित्र छिरेपछि देब्रेतिर महिलाको जुत्ता राख्ने र ट्वाईलेटरहेछ,अनि दाहिनेतिर पुरूषको।जुत्ता खोलेर अलिक भित्र हिंडेर गई माथि लिफ्ट वा भर्र्यागंबाट जान मिल्ने रहेछ।
दोस्रो तल्लामा बीचमा ठुलो हल,अगाडी स्टेज जस्तो ठाउॅं पर्दा लगाएको र छेउछाउमा फोटो आदी राखेको सानो अफिसकोठाहरू रहेछन्।हलबाट बाहिर अगाडी बरण्डामा निक्लने दुई ढोका थिए।हामी एकछिन बाहिर निस्केर रमाईलो हेर्यो ।
हामी १२ नबज्दै पुगेको हुनाले पुजा शुरू भएको थिएन। धमाधम मानिसहरू आउॅंदै हलमा अगाडी स्टेजतिर फर्केर बस्नथाले। आउने भक्तजनहरू निक्कै नै बुढाबुढी देखि केटाकेटीसम्म थिए। कति बुढाबुढीहरू त ह्विलचेयरमा गुडेर आएका पनिथिए। सबैले प्राय: भारतिय पोशाक धोती, कुर्ता, सारी, कुर्था सुरूवाल लगाएका थिए।
कतिले त हातमा दुरवीन बोकेका थिए। किन होला दुरवीन ल्याएको सोचिरहेथें। १२ बजेपछि अगाडीको स्टेजको पर्दाखुल्यो।त्यहां त भगवान श्रीकृष्णको कालो रंगको मुर्ती रहेछ।तेस मुर्तीलाई कृष्ण जीको सात बर्षको बालरूप “ श्रीनाथजी” मानिने रहेछ। कृष्णको यो रूपलाई बैष्णव र भक्ति योगा फलो वा मान्नेले धेरै पुजा गर्ने रहेछन्।
मुर्तीको पर्दा खुलेपछि पुजा शुरू भयो।भारतको गुजरात तिर लगाउने कुर्ता सुरूवालमा तिन चार पुरूषहरू ढोलक,खैजडी,हारमोनियम आदी बजाएर, तेतैतिरको लयमा भजन गाउन थाले।अघि दुरवीन बोक्नेहरू धमाधम दुरवीनबाट मुर्ती हेर्नथाले।अनि बल्ल पो बुझें भगवानको दर्शन दुरवीनले नजिक ल्याएर हेरेका रहेछन्।स्टेजमा रहेको मुर्तीसम्म तपुजारीलाईमात्र जान दिने रहेछ।जे होस् असाघ्यै राम्रोसॅंग बिधी पुर्र्याएर दुई पुजारीले पुजा गरे। मुर्तीलाई ठुलो एैना पनिदेखाउने रहेछन्। सगैं गएको साथीले भारतको द्वारकामा यसरी नै पुजा गर्छन भन्दै थियो।
आरती सकिए पछि धमाधम मान्छे उठेर लाईन लागे। हामी पनि बुझ्नु न सुझ्नु लाईनमा पछि लागेर उभियौं।तर घुम्दै जांदात आरतिको दियो सेकेर हलको मन्दिर परिक्रमाको लागि उठेका रहेछन्।जे होस् रमाईलो लाग्यो। पुजा सकिएपछि प्रसादखान तल लाईन लागेर उभियौं।
प्रसाद पनि गुजराती स्वादको प्राय: सबै गुलियो थियो।रोटी,चावल,दाल,तरकारी,मिठाई,निम्की आदी।मन्दिरको प्रसाद सधैं असाध्यै मिठो हुन्छ।किनभने प्रसादलाई भगवानलाई चढाईएको हुन्छ र भगवानले ग्रहण गरेको प्रसाद मिठोनहुने कुरै भएन।
प्रसाद खाएर बाहिर निक्लियौं।मुख्य मन्दिरको पछाडी पनि अरू स-साना मन्दिर रहेछन्।दर्शन गर्न जांदा त ढुगैंढुगांकोठुलो पहाड देखियो।त्यो त गोवर्धन पर्वत पो बनाएको रहेछ।तेस पर्वतमा गाई,बाघ,बिभिन्न गुरूहरू तपस्या गरिरहेको,श्रीकृष्णको मुर्ती ( गिरिराजजी) मुख्य पहाडको टुप्पोमा राखेको थियो। भगवान श्री कृष्णले औंलाको टुप्पोमा गोवर्धनपर्वतलाई उचालेर बृजवासीलाई त्यहां मुनी राखेर ईन्द्रको रिसबाट बचाएको मानिन्छ।भारतको गोवर्धन पर्वत २१ किलोमिटर खाली खुट्टा हिंडेर परिश्रमा गरे पुन्य मिल्छ भनिन्छ।एक चक्कर हामीले पनि यॅंहा परिक्रमा गर्र्यौं।ईच्छा हुनेले पैसा तिरेर एकठाउॅंमा भित्र पर्वतमा दुध पनि चढाउने रहेछन्।
त्यसपछि बिस्तारै मन्दिरको वरीपरी फोटो खिच्दै घुम्यौं। अगाडी पोखरीमा राज हंस र अरू हांसहरू तैरिरहेका थिए।अगाडी पट्टी एउटा कृष्ण भगवानको मुर्ती रहेको मन्दिर “यमुना तीर बिश्राम घाट” रहेछ। त्यहां प्रतेक बिहान/ बेलुकाआरती हुनेरहेछ।। तेताबाट हिंडदै गाडी पार्किगं लटतिर लाग्यौं।
हिंडदै जांदा मुख्य रोडबाट मन्दिर भित्र पस्ने दुईतिरको बाटोको बीचको चउरमा एउटा गाई चरिरहेको देखियो। नजिकजांदा खासमा त्यो मुर्ती रहेछ। यसरी तेसदिन मन्दिरमा पूजा, आरती, प्रसाद र वरीपरी घुमेर फोटो खिच्दै २-३ घण्टाबिताएर घर फर्कियौं।
अर्को धार्मिक यात्रा छिट्टै निरन्तर !!