थप ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ साउन २० गते १६:५२
काठमाडाै । नेपालमा कोरोना भाइरस संक्रमणदर दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ।