शनिबार, असोज १३, २०८०

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, ३३८३ संक्रमित थपिए

फ्ल्यासन्युज नेपाल२०७८ साउन १९ गते १८:३८

काठमाडौं । पछिल्लो पटक मुलुकमा ३३ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ नमूना परीक्षण गर्दा ती बिरामी थपिएका हुन् । १० हजार ६३८ जनाको पीसीसार परीक्षण गर्दा २४ सय ४८ र र ६ हजार ८० जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ९ सय ४ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६ सय १३, ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय १४ जना संक्रमित थपिएका छन् ।

देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २९ हजार २२ जना संक्रमित होम आइसोलेसन र ३ हजार ३७ संस्थागत आइसोलेसनमा रहेका छन ।

संस्थागत आइसोलसनमध्ये ६ सय ८६ जना आइसियुमा र १ सय ६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । आज थप २४ जनाको मृत्यु भएको छ ।

कुल मृतकको संख्या ९ हजार ९ सय २२ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक १९ सउ ९४ जना संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया