एम्बुलेन्सले ठक्कर दिँदा एकजनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ साउन १७ गते १२:५७
बाँके। बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं। ९ मा एम्बुलेन्सले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं। ९ को बाबानगरमा लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजि ४५ वर्ष वर्षिय पुरुषको निधन भएको छ । मृतकको पहिचान खुल्न भने नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकले न्यू बागेश्वरी एकेडेमी कलेज लेखिएको यूनिफर्म लगाएको पाईएको छ ।