ललितपुर महानगरले ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने
फ्ल्यासन्युज नेपाल२०७८ साउन १५ गते १०:२०
ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ ।
तीन दिनसम्म कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने महानगरपालिकाले जनाएको छ । खोपका लागि २९ वटै वडाहरुमा खोप केन्द्र कायम गरिएको छ । ललितपुरले १८ गते जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ । अहिलेसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।
कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ । सोही खोप स्थानीय तहको समन्वयमा देशभर वितरण भैरहेको छ ्र