देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारीको बैठक सुरु
फ्ल्यासन्युज नेपाल२०७८ साउन १३ गते १३:२७
काठमाडौं । कांग्रे सभापति शेर बहादुर देउवाको नीजि निवास बुढानिकण्ठमा कांग्रेस पूर्व पदाधिकारी र पदाधिकारीको बैठक सुरु भएको छ । आगामी १४ औं महाधिवेशनको तयारी र वडा तहको अधिवेशन बारे निर्णय लिन कांग्रेस पदाधिकारीको बैठक बसेको हो ।
बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे कसरी निकास दिने भन्नेबारे समेत निर्णय हुने कांग्रेसले जनाएको छ ।