गुल्मीमा जीप दुर्घटनामा परि तीन जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ साउन १३ गते १३:१४
काठमाडौं । गुल्मीमा जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका(४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
बुधबार शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।