उमेश श्रेष्ठलाई मन्त्री बनाए जस्तो गल्ती हुँदैन: देउवा
काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई बनाएको जस्तो गल्ती नहुने बताएका छन् । बुधबार विहान बालुवाटारमा बसेको सत्तारुढल गठबन्धन दलहरुको बैठकमा प्रधामन्त्री एवम् कांग्रेस सभापति देउवाले उमेश श्रेष्ठलाई मन्त्री बनाए जस्तो गल्ती अब देखि नगर्ने प्रतिवद्धता गरेका हुन् ।
काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ? भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरेपछि देउवाले गल्ती स्वीकार्दै अब देखि गल्ती नदोहोरिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘हाम्रो काँग्रेसमा तपाईहरुलाई थाहा छँदै छ नि, मन्त्री बनाउनुपर्यो भनेर लिएर आइहाले, मैले यस्तो विरोध होला भन्ने सोचिनँ, फ्याट्ट स्वीकृत गरिहालें,’प्रधानमन्त्री देउवाको भनाईलाई उद्धृत गर्दै बैठकमा सहभागी एक शिर्ष नेताले बताए ।
बैठकमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक नियुक्त देखि कुनै मन्त्रीमण्डल गठन गर्दा सत्तारुढ गठबन्धनसँग सल्लाह गर्नु पर्ने बताए । त्यस्नै बैठकमा जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमसीसी र संघीयताको विरोध गर्दै तत्काल कोभिड १९ को खोप उपलब्ध गराउन सरकार सक्रिय हुनु पर्ने बताएका छन् ।