शनिबार, असोज १३, २०८०

भारतको उत्तर प्रदेश राज्यमा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ साउन १३ गते १०:०४

काठमाडौँ ।भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ ।

१९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो । प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।

धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण अबरुद्ध भएको सडक प्रहरीले खुलाएको छ । स्थानीय अधिकारीले दुर्घटनाको जाँच गर्न आदेश दिएका छन् ।

तपाइँको प्रतिक्रिया