३८९९ कोरोना संक्रमित थपिए, थप २० जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ साउन १२ गते १९:२२
काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८९९ कोरोना संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण मध्य पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना गरि ३ हजार ८९९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४।४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भएको छ ।