कांग्रेसले पदाधिकारी बैठक बस्दै,वडा अधिवेशनको नयाँको मिति घोषणा गर्ने
फ्ल्यासन्युज नेपाल२०७८ साउन १२ गते १०:१९
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी सभापति एवं प्रधानमन्त्रीको निवास बुढानिलकण्ठमा बस्नेछ ।
यसअघि साउन १२ गते हुने भनिएपनि स्थगित भएको बडा अधिवेशनको नयाँ मिति घोषण गर्नका लागि बैठक बोलाइएको हो । आजको बैठकमा क्रियाशील सदस्यता छानविनका लागि रमेश लेखकको नेतृत्वमा गठन गरिएको समितिले आफ्नो प्रतिवेदन पनि बुझाउने बताइएको छ । बारा र पर्साको विवाद भने समितिले पनि मिलाउन सकेको छैन ।
देशभरका करिब १ सय २५ वडाभित्र अझै क्रियाशील विवाद रहेको छ । क्रियाशील विवादले महाधिवेशन प्रभावित हुने आशंका गरिएको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।