मंगलबार, असोज ९, २०८०

ठाकुर पक्षको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

फ्ल्यासन्युज नेपाल२०७८ साउन १० गते १७:४२

काठमाडौ । जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुबै पक्षलाई साउन १५ गते बोलाएको छ । यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ ।

जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते सनाखतका लागि झिकाउने निर्णय गरेको थियो । कार्यकारिणी समितिका सदस्यहरु नागरिकता सहित उपस्थित हुनुपर्ने आयोगको निर्णयपछि पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

तपाइँको प्रतिक्रिया