सोमबार, असोज १५, २०८०

निर्मला पन्त हत्याकाण्डको तीन वर्ष पूरा,कांग्रेस प्रवक्ता शर्माले गराए सरकारको ध्यानाकर्षण

फ्ल्यासन्युज नेपाल२०७८ साउन १० गते १३:११

काठमाडौं । नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

आइबार प्रवक्ता शर्माले टुइटर मार्फत पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकार्षण गराएका हुन्।

कञ्चनुपरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुरा भएको दिनको अवसर पारि प्रवक्ता शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकार्षण गराएका हुन् । पन्तको आज साउन १० गते ३ बर्ष अघि बलात्कारपछि हत्या भएको थियो ।

प्रवक्ता शर्माले ट्विट मार्फत भनेका छन, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो , ‘प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ ।’

‘बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देश
ले जो व्यहोर्दै आयो त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ ।’ प्रवक्ता शर्माले उल्लेख गरेका छन।

त्यस्तै उहाँले निर्मलाको लागि न्याय माग्दै कसैले पनि यस्तो नियति नभोगोस भनेर विशेष तदारुकता बढाउन आग्रह गर्नुभएको छ। उहाँ थप्नुहुन्छ ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं १’

तपाइँको प्रतिक्रिया