शनिबार, असोज १३, २०८०

अमेरिकामा अस्पताल भर्ना हुने संक्रमितको दर ४९ प्रतिशतले वृद्धि

फ्ल्यासन्युज नेपाल२०७८ साउन ८ गते १२:०५

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ४१ हजार ३ सय १० जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट २ सय ४९ जनाको मृत्यु भएको छ । गत बुधबार जुलाई २२ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ९ हजार ५ सय ८ जनाको निधन भएको छ भने दुई हप्तामा ४२ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकामा ५ लाख ४५ हजार ८ सय ४२ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा १३ प्रतिशतले घटेको छ । हाल अमेरिकामा २६ हजार ३ सय २ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि भएको छ ।अहिले बिहान बिहिबार जुलाई २२ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४२ लाख २१ हजार ५ सय २६ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.८ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.३ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६८.४ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९४ लाख ५८ हजार ४ सय ३ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड १२ लाख ४८ सय ९ सय ५५ खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ९१ लाख २ हजार ८ सय ६७ पुगेको छ ।

अमेरिकामा कोरोना बिरुद्ध खोप कम लगाउने राज्यहरुका केही भागहरु क्रसम अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरसको वृद्धि भएको न्यूयोर्क टाइम्सको तथ्यांकले देखाएको छ । उक्त राज्यमा खोप नलगाउनेहरु संक्रमित भएका छन् ।

तपाइँको प्रतिक्रिया