भाडा समायोजन र खोप माग गर्दै यातायात व्यवसायीले काठमाडौंमा प्रदर्शन
फ्ल्यासन्युज नेपाल२०७८ साउन ७ गते १२:०४
काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा काठमाडौंको बालाजु, जोरपाटी लगायतका स्थानबाट सवारी साधनसहितको ¥याली व्यवसायीले निकालेका हुन । सवारीसाधनको ¥यालीले चक्रपथ परिक्रमा गरेको छ । ¥यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइनले चक्रपथ लगायत उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जाम भएको छ । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा सडकमा जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
व्यवसायीले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, वीस वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न पनि माग गरेका छन ।
नवीकरण र जरिवाना छुट गर्नुपर्ने पनि सार्वजनिक यातायात केन्द्रीय महासंघको माग छ ।