लागूऔषध सहित वडाध्यक्ष पक्राउ
फ्ल्यासन्युज नेपाल२०७८ साउन ४ गते १०:५५
पर्सा । पर्सा प्रहरीले लागु औषध खैरो हिरोइनसहित जनप्रतिनिधिलाई पक्राउ गरेको छ । मैनपुर गाउँपालिका वडा नम्बर एक धोरेका वडाध्यक्ष अम्बिका सहनी वीरगंज १९ बर्वास्थित तिलावे पुल नजिकैवाट पक्राउ परेका हुन ।
वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटर साइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । सहनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
प्रहरीले मोटरसाइकलमा सँगै रहेका स्थानीय बलिष्टर सहनी र राम आदेश सहनीलाई समेत पक्राउ गरेको छ । बलिष्टर पकहा मैनपुर गाउँपालिका एककै वडा सदस्य हुन । आदेश सहनी भने वडाध्यक्षका आफन्त भएको बताइएको छ ।