मंगलबार, असोज १६, २०८०

माधव पक्ष बिना नै देउवाको बहुमत पुग्ने

फ्ल्यासन्युज नेपाल२०७८ साउन ३ गते १८:२३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले माधव पक्षमा साांसद बिना नै विश्वासको मत पाउने भएका छन् । प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन खोजेका देउवालाई जनता समाजवादी पार्ट (जसपा)को महन्थ ठाकुर पक्षले समेत विश्वासको मत दिने भएका छन् ।

यस अघि जसपाको उपेन्द्र यादव समूहले मात्रै विश्वासको मत दिने जनाएको थियो । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको ठाकुर पक्षका नेता डा‍.सुरेन्द्र झाले जानकारी दिए ।

माधव पक्षका २३ जना सांसद मध्ये केही सांसद बिद्रोहमा उत्रेपछि देउवाले ठाकुरसँग छलफल अघि बढाएका थिए । माधव पक्षका केही सांसद बाहिरी पनि अब देउवाले स्पष्ट मत पाउने भएका छन् । आजै मात्रव पक्ष मानिने सांसद डा. भीम रावलले पदबाट राजीनामा दिएका थिए ।

तपाइँको प्रतिक्रिया