राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
फ्ल्यासन्युज नेपाल२०७८ साउन ३ गते १५:२८
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी छन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले मन्त्रिपरिषद्को हिजोको सिफारिस अनुसार अध्यादेश खारेज भएको जानकारी दिए ।
यसअघि केपी शर्मा ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो ।
यही अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।