थप २१ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ साउन २ गते १७:३५
काठमाडौं । नेपालमा थप १,८७५ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शनिवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १०,०६६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ३,२०८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
कुल परीक्षणको झन्डै १९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
चौबीस घण्टाको अवधिमा २,१६४ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २५,९५२ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २३,४७७ जना घरमा तथा २,४७५ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ५८३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन्।