सामाजिक अभियान्ता शाहीको पहलमा बाजुराका बाढी पीडितहरुका लागि खाधान्न सहयोग
बाजुरा । साहित्यकार एवम् सामाजिक अभियान्ता रिता शाही (ऋतु)को पहलमा बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका बाढी पीडितहलाई राहत वितरण गरिएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण विस्तापीत भएका हिमाली गाउँपालिका ५ का बाढी पहिरो पीडितहरुलाई शुक्रबार शाहीको पहलमा राहत सामग्री वितरण गरिएको हो ।
हिमाली गाउँपालिका वडा नं ५ क्युडिका ३० जना परिवारलाई राहत वितरण गरिएको शाहीले जनाएकी छन्। बाढी प्रभावित क्युडिका स्थानियलाई राहात स्वरुप खाद्यान्नका सामाग्रि गाउँपालिकाको केन्द्र धुलाचौरमा वितरण गरीएको हो । वस्ति आसपासबाट पहिरो झर्न थालेपछि विस्थापित भएका ९९ घर परीवार मध्ये ३० परिवारलाई चामल, दाल, भुजा र विस्कुट लगायत खाद्यान्नका सामाग्रि वितरण गरीएको सामाजिक अभियान्ता रिता शाहीले जनाएकी छन् ।
प्रत्येक परिवारलाई ३० केजी चामल, १ केजी दाल, १ दर्जन विस्कुट र १ पाकेट भुजा वितरण गरीएको उनले शाहीले बताएकी छन्। विदेशमा रहेका नेपालीको आर्थिक सहयोगमा उक्त राहत सामग्री वितरण गरिएको हो । राहत वितरण गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवि बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारी, वडा नं चारका वडाअध्यक्ष रमेश विक, ५ नम्बर का वडाध्यक्ष अम्मलाल बुढा, वडा ७ वडाध्यक्ष जयबहादुर अधिकारी, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्रराज जोशी लगायतको सहभागितामा राहात वितरण गरीएको पत्रकार महेश कार्कीले जनाएका छन् ।
बाढी पीडितलाई राहात वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले पिडितको घाउमा मलम लगाउन राहात उपलब्ध गराउने सामाजिक अभियान्ता शाही लगायतका सहयोगी व्यिक्तिहरुलाई धन्यवाद ज्ञापन गरे । उक्त क्षेत्रका बाढी पीडितरुका लागि जिल्ला प्रशासन कार्यालय बाजुराबाट उपलब्ध भएको राहात सम्वन्धित ठाउँमा पुर्याइसकेको बताउदै उनले केहि दिन भित्रै वितरण गर्ने तयारी भईरहेको समेत जानकारी दिएका छन् ।