सोमबार, असोज १५, २०८०

खोप केन्द्र बढाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्री देउवाको निर्देशन

फ्ल्यासन्युज नेपाल२०७८ साउन १ गते १५:३०

काठमाडौं । कोरोना भाइरस संक्रमणको खोप केन्द्रमा भीडभाड देखा परेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले खोप केन्द्र बढाउन निर्देशन दिएका छन् ।

शुक्रबार मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्री कार्यालय बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।

छलफल पछि समाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवाले लेखेका छन, खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।

तपाइँको प्रतिक्रिया