शनिबार, असोज १३, २०८०

अष्ट्रेलियाली राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

फ्ल्यासन्युज नेपाल२०७८ असार ३१ गते १२:४०

काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा (माओवादी केन्द्र ) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरे ।

अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्नुहुँदै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे।

सो अवसरमा अध्यक्षले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।उक्त भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताए । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरे ।

तपाइँको प्रतिक्रिया