जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको नाममा भयो: ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै जनदादेश आफ्नो नाममा भए पनि परमादेश शेर बहादुर देउवाको नाममा भएको बताए।
राजीनामा दिनु भन्दा पहिले देशवासीका नाममा सम्बोधन गर्दै उनले संसदीय अंकगणितका रुपमा आफू कमजोर भएको बताए ।
उनले मुलुक कोरोना महामारीको रुपमा आक्रान्त बनिरहेको अवस्थामा आफूले नेपाली जनतालाई कोरोना खोपको व्यवस्था गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन् ।उनले हाल सम्म पहिलो डोज पाउनेको संख्या २६ लाख बढि भएको र ९ लाख बढीले दोस्रो खोप लगाइसक्ने बताएका छन् ।
उनले प्रतिकुलता कारण पनि धेरै खोप ल्याएको बताए । चीन, भारत,अमेरिका लगायतका देशहरुबाट ठूलो मात्रामा खोप प्राप्त गरेको जनाएका छन् । १ कराेड ५० लाख डाेज खाेप उपलब्ध भइसकेकाले खाेपकाे समस्या नभएकाे बताए । उनले अदालतको फैसलाले कालान्तारसम्म असर पर्ने बताए । उनले त्यसको असर इतिहासले देखाउने बताए ।