शनिबार, असोज १३, २०८०

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

फ्ल्यासन्युज नेपाल२०७८ असार २९ गते ९:०६

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।सर्वाेच्च अदालतले प्रतिपक्ष दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेसँगै ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ।

एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो। तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताए। आजको स्थायी कमिटी बैठकमा एमाले माधव समूह समेत उपस्थित हुने जनाइएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पदबाट राजीनामा दिने भएका छन् ।

तपाइँको प्रतिक्रिया