२८ वर्षपछि ब्राजिललाई हराउँदै उपाधी अर्जेन्टिनाको पोल्टामा
काठमाडौ ।लिओनल मेस्सीको टिम अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिविहीन यात्रामा पूर्णविराम लगाउँदै कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा पाहुना टोली अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदानमा ०–१ ले हराउँदै उपाधि पोल्टामा पार्न सफल भएको हो ।
यससँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मञ्चमा सन् १९९३ पछि पहिलो उपाधि जित्न सफल भएको छ । यता, कप्तान लिओनल मेस्सीले पनि यति लामो करिअरमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षको उमेरमा आज मेस्सीले देशको जर्सीमा पहिलो उपाधि जित्दै आफूमाथि लाग्दै आएका तमाम आरोप र आलोचनाको जवाफका उपाधिका साथमा दिएका छन् ।
ब्राजिलस्थित रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको उपाधि भिडन्तमा अर्जेन्टिनालाई उपाधि जिताउनका लागि १ मात्रै विजयी गोल एन्जलड डि मारियाले गरे । अन्ततः उसले बाँकी समयभरि सोही अग्रता बचाएर खेलका साथै उपाधि पनि जित्न सफल भयो । अर्जेन्टिनाका लागि यो समग्रमा कोपाको १५औं उपाधि हो ।