पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ असार २४ गते १५:२१
पाल्पा । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक बालक वेपत्ता भएका छन् । पहिरोमा परेर सात जना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला गाउँमा पहिरो खसेको हो ।
पहिरोले ६ घर बगाएको छ र पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका पाल्पा प्रहरीले जनाएको छ ।
पहिरोले हिउँदे खोलमा ६ घर बगाएको र सात जना घाइते भएका स्थानीयबासीले बताएका छन । पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर बगाएको छ। पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ ।