शनिबार, असोज १३, २०८०

एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

फ्ल्यासन्युज नेपाल२०७८ असार २४ गते ११:११

काठमाडौ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

यस अघि छलफल हुन बाँकी विषयमा आजको बैठकमा कुराकानी हुने नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो वार्ता भएको थियो ।

पछिल्लो समय नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बुले दुवै नेताबीच ५६ दिनपछि भेटवार्ता भएको हो ।

यसअघि दुवै पक्षबाट छलफलको प्रयास भएपनि शीर्ष नेताहरुबीच वार्ता हुन सकेको थिएन ।

गत चैत २ गते एमालेको तत्कालीन पार्टी कार्यालय धुम्बाराहीमा, वैशाख ८ गते होटल मेरियटमा र वैशाख ३० गते बुढानिलकण्ठमा ओली र नेपालबीच वान टु वान वार्ता भएको थियो ।

हिजोको भेटवार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

हिजोको बैठकमा शीर्ष नेताहरुबीचको कुराकानी सकारात्मक भएको नेताहरुले दावी गरेका छन् ।

कार्यदलमा रहेका नेताहरुले एकताका लागि विभिन्न प्रयासहरु जारी राखेका छन् ।

 

तपाइँको प्रतिक्रिया