शनिबार, असोज १३, २०८०

हैटीका राष्ट्रपतिको घरभित्रै गोली हानी हत्या

फ्ल्यासन्युज नेपाल२०७८ असार २४ गते १०:४५

एजेन्सी । हैटीका राष्ट्रपतिलाई घरभित्रै गोली हानी हत्या गरिएको छ । राष्ट्रपति जोभेनल मोइसेलाई राजधानी पोर्ट–एयू–प्रिन्सस्थित उनकै घरमा गोली हानिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अन्तरिम प्रधानमन्त्री क्लाउट जोसेफका अनुसार सो घटनामा उनकी श्रीमती मार्टिन घाइते भएकी छन् । उनलाई अस्पताल भर्ना गरिएको छ । ५३ वर्षीय मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग भइरहेको थियो । कार्यकाल सकिएपछि पनि उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै सडकमा लगातार प्रदर्शन भइरहेका थिए । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो ।

विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया