मंगलबार, असोज १६, २०८०

जनताको पीडालाई ध्यानमा राख्दै जन्मदिनलाई उत्सवको रुपमा नमाउने पूर्व राजा शाहको उद्घोष

फ्ल्यासन्युज नेपाल२०७८ असार २३ गते ११:११

काठमाडौं  । पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवले वर्तमान राजनीतिबाट जनताहरु आक्रान्त बनेको प्रतिक्रिया दिएका छन् । आफ्नो ७५औं शुभजन्मोत्सवको अवसरमा पूर्व राजा शाहले यस्तो विषयम परिस्थितीमा आफूले जनताका पीर मर्कालाई ध्यानमा राख्दै जन्मउत्सोव नमनाउने उद्घोष गरेका हुन् ।

बुधबार ट्विट गर्दे पूर्व राजा शाहले भनेका छन, राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।

पूर्व राजा ज्ञानेन्द्र शाह जन्म २३ असार २००४ मा भएको थियो । नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु पर्यो। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका हुन्। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।

राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि‍.सं २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।

तपाइँको प्रतिक्रिया