मंगलबार, असोज ९, २०८०

कानून-नीति विपरित जथाभावी भित्तेचित्र कोर्न पाइन्न: मेयर शाक्य

फ्ल्यासन्युज नेपाल२०७८ असार २२ गते १३:५७

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सर्वोच्च अदालतको आदेश र महानगरकै नीति अनुसार भित्तेलेखन गर्न नपाइने बताएका छन्।नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले जे नीति छ, त्यसको कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

‘सर्वोच्चको आदेश र महानगरको कानुन(नीतिलाई उलंघन गर्न पाइन्न,’ उनले भने, ‘जे नीति छ त्यही कार्यान्वयन गर्नुपर्छ। कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको उनको आरोप छ । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो।उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद’ शाक्यले भने, ‘तर, सर्वोच्चको आदेश र महानगरपालिकाको कानूननीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

रत्नपार्क क्षेत्रका भित्तामा वडाबाट अनुमति लिएर कोरोना महामारीमा अग्रमोर्चामा खटिएकाहरूको सम्मानमा चित्र कोरिएको थियो। उक्त चित्र महानगरले मेटाएपछि मेयर शाक्यको आलोचना भएको छ।

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होर्डिङ बोर्डहरु, भित्तेलेखन, पोष्टर, पम्प्लेट लगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।

तपाइँको प्रतिक्रिया